You are viewing the translated version of राष्ट्रिय खाघ्च योजना.

Section 21
राष्ट्रिय खाघ्च योजना
मन्त्रालयले सरोकारवालासँगको परामर्शमा देहायका विषय समावेश गरी राष्ट्रिय खाद्य योजना तर्जुमा गर्नेछः न
(क) भोकमरी, कुपोषण र खाद्य तथा पोषण असुरक्षाबाट आम जनतालाई संरक्षण प्रदान गर्न नेपाल सरकारले गर्नु पर्ने कार्य,
(ख) खाद्य पदार्थको उत्पादन, सञ्चिति, भण्डारण, आपूर्ति, ढुवानी तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउन गर्नु पर्ने कार्य,
(ग) खाद्य वितरण प्रणालीमा लक्षित परिवार तथा समुदायको सहज पहुँच सुनिश्चित गर्ने विषय,
(घ) राष्ट्रिय हित तथा खाद्य सम्प्रभुताका मान्यताको आधारमा खाद्यको आयात तथा निर्यातको नियमनका लागि गर्नु पर्ने कार्य,
(ङ) खाब्य पदार्थको सहज आपूर्ति र मूल्य स्थिरताका लागि गर्नु पर्ने आवश्यक कार्य,
(च) खाब्य व्यवसायमा स्वच्छता, पारदर्शिता र जवाफदेहिता; सुनिश्चितताका लागि गर्नु पर्ने कार्य,
(छ) खाच्च तथा पोषण सुरक्षा र खाद्य सम्प्रभुता लगायतका सूचनाको प्रवाह गर्न तथा नीति, कानून, योजना र कार्यक्रम निर्माणलाई तथ्यपरक बनाउन गर्नु पर्ने कार्य,
(ज) . खाद्य पदार्थ लगायतका कृषि बाली उत्पादनका लागि अत्यावश्यक बीउ बिजन, नश्ल, मलखाद, सिँचाई सुविधा, कृषि औजार, प्राविधिक सेवा लगायतका सामग्री, सेवा र पशुपन्छी तथा मत्स्य विकास प्रवर्द्धनका लागि गर्नु पर्ने कार्य,
(झ) खाद्य तथा पोषण सुरक्षा र खाद्य सम्प्रभुता लगायतका क्षेत्रमा अध्ययन, अनुसन्धान तथा वैज्ञानिक प्रविधिको विकास र उपयोगलाई प्रवर्द्धन गर्न गर्नु पर्ने कार्य,
(ज) कृषि तथा खाच्च प्रणालीमा लैङ्गिक तथा सामाजिक समावेशिताको मान्यतालाई मूलप्रवाहीकरण गर्ने आवश्यक कार्य,
(ट) खाद्य तथा कृषिको, क्षेत्रमा परेको वातावरणीय तथा जलवायुको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्दै दिगो खाद्य र पोषण सुरक्षालाई प्रवर्द्धन गर्ने आवश्यक कार्य,
(ठ) कृषि तथा खाध तथा पोषण सुरक्षासँग सम्बन्धित निकायका काम कारबाहीमा सामञ्जस्यता ल्याउन गर्नु पर्ने आवश्यक कार्य,
(ड) योजना कार्यान्वयनका लागि आवश्यक स्रोत, साधनको उपलब्धता तथा परिचालनको कार्ययोजना ।